काठमाडौं । साताको कारोबारको बुधबार सेयर बजारका सबै सूचक घटेका छन्। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३६ दशमलव २५ अंक अर्थात् १ दशमलव ३६ प्रतिशतले घटेर २ हजार ६१८ अंकमा कायम भएको छ। बजार घटेसँगै कारोबार रकममा समेत कमी आएको छ। अघिल्लो दिन ७ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ।
बुधबार जीवन बीमा समूह सबैभन्दा धेरै २ दशमलव ०४ प्रतिशतले घटेको छ। यस्तै बैंकिङ १ दशमलव २२, विकास बैंक १ दशमलव ३६, फाइनान्स १ दशमलव ०९, होटल तथा पर्यटन ० दशमलव ९८, जलविद्युत् १ दशमलव ६६, लगानी १ दशमलव ४९, उत्पादन तथा प्रशोधन ० दशमलव ४५ र माइक्रोफाइनान्स समूह १ दशमलव ३१ प्रतिशतले घटेका छन्। निर्जीवन बीमा १ दशमलव ३२, अन्य १ दशमलव ६५ र व्यापार समूह १ दशमलव २६ प्रतिशतले घटेको छ।आज कुल २३ कम्पनीको सेयर मूल्य बढेको छ भने २५३ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्य भने स्थिर रह्यो। बढ्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ। सीवाईसी लघुवित्त ५ दशमलव ४४, विकास हाइड्रोपावर ३ दशमलव ५४, बोटलर्स नेपाल बालाजु ३ र मिडसोलु हाइड्रोपावर २ दशमलव ६४ प्रतिशतले बढेका छन्।
घट्ने कम्पनीतर्फ फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८ दशमलव ५४ प्रतिशतले घटेको छ। माउन्ट एभरेस्ट पावर ५ दशमलव ७२, इङवा हाइड्रोपावर ५ दशमलव २२ र पियोर इनर्जी ४ दशमलव ७९ प्रतिशतले घटेका छन्।कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत् र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन्। बुधबारको कारोबारमा अधिकांश कम्पनीको मूल्य घटेसँगै बजारमा बिक्री चाप देखिएको छ।