माइक्रोबस दुर्घटनामा चालकसहित १२ जना घाइते

माइक्रोबस दुर्घटनामा चालकसहित १२ जना घाइते

काठमाडौं । सुनसरीको कोशी गाउँपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्। बिहीबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश २–००१ ज १५६ नम्बरको माइक्रोबस आफैं अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि सप्तकोशी न्युरो अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार