काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुन्जेमा रोशी खोला तर्ने क्रममा यात्रुवाहक बस फसेको छ । बिहीबार कटुन्जेबाट थानसिंहतर्फ जाने भित्री सडकखण्डबाट रोशी खोला तर्ने क्रममा बस खोलामै फसेको हो । घटनापछि सशस्त्र प्रहरीको विपद् व्यवस्थापन बेस भकुण्डेबेशी र प्रहरी चौकी भकुण्डेबेशीबाट खटिएको टोलीले जेसीबीको प्रयोग गरी बसलाई खोलाबाट सुरक्षित रूपमा निकालेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले जानकारी दिए । बसमा सवार सबै यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ ।