खुम्बुका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु, पर्यटक तथा पदयात्रीलाई सतर्क रहन आग्रह

खुम्बुका उच्च हिमाली क्षेत्रमा हिमपात सुरु, पर्यटक तथा पदयात्रीलाई सतर्क रहन आग्रह

काठमाडौं । सर्वोच्च शिखर सगरमाथा अवस्थित खुम्बु पासाङल्हामु गाउँपालिकाले उच्च हिमाली क्षेत्र थुक्ला, थोरक्सेप र गोक्यो आसपासमा हिमपात सुरु भएको जानकारी गराएको छ। गाउँपालिकाले उक्त क्षेत्रमा रहेका तथा जाने क्रममा रहेका पर्यटक, पदयात्री, पर्वतारोही, गाइड र पोर्टरलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मौसमजन्य जोखिमलाई मध्यनजर गर्दै यात्रा तथा अन्य गतिविधि अघि बढाउन र स्थानीय अवस्थाबारे जानकारी लिएर आवश्यक सावधानी अपनाउनसमेत गाउँपालिकाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार