कान्ति लोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध

कान्ति लोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध

अविरल वर्षासँगै ललितपुरको बागमती गाउँपालिका–३ स्थित काल्चेमाल्टामा पहिरो खसेपछि कान्ति लोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार भट्टेडाँडाबाट करिब ५ किलोमिटर अगाडि मकवानपुरतर्फ पर्ने उक्त स्थानमा पहिरो खसेर सडक बन्द भएको हो। पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन स्थानीय निकाय र सडक विभागसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार