काठमाडौं । तामाका भाँडा चोरी गरेको आरोपमा प्रहरीले कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही घर भएका २४ वर्षीय आकाश लामा, ३१ वर्षीय रोहित तामाङ र २४ वर्षीय कृष्ण चौधरी रहेका छन् । उनीहरूलाई प्रहरी वृत्त कीर्तिपुरले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनीहरूले कीर्तिपुरका विभिन्न स्थानबाट ३६ थान तामाका कलश, दुई थान पूजाका थाली तथा तामाकै वायरिङका तार चोरी गरेको आरोप छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।