दोभान बजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

दोभान बजारमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार दिउँसो साढे १ बजेदेखि आगलागी भएको छ। पुरानो बजार क्षेत्रमा लागेको आगो बाक्लो बस्तीमा फैलिरहेको छ। आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएको छ भने घटनास्थलमा दुईवटा दमकलसमेत पुगेका छन्। आगो नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी परिचालन गरिएको ताप्लेजुङका डीएसपी कमल बजगाईंले जानकारी दिएका छन्। हालसम्म आगलागीको कारण र क्षतिको विवरण भने खुल्न सकेको छैन। उद्धार तथा आगो नियन्त्रणको प्रयास जारी रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार