महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, पदक पक्का

महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, पदक पक्का

काठमाडौं । २०औँ एसियन गेम्सअन्तर्गत महिला कबड्डीमा नेपाल सेमिफाइनल प्रवेश गरेको छ । जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको समूह चरणको अन्तिम खेलमा श्रीलंकालाई ३४–२५ ले पराजित गर्दै नेपालले सेमिफाइनलमा स्थान बनाएको हो ।

पहिलो हाफमा नेपाल १९–१३ ले अघि रहेको थियो । दोस्रो हाफमा पनि १५–१२ को अग्रता कायम राख्दै नेपालले समग्रमा ३४–२५ को जित निकालेको हो । यसअघि नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार बेहोरेको थियो ।

समूह ‘बी’ बाट नेपालसँगै चाइनिज ताइपेइ पनि सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा प्रवेश गरेसँगै नेपालले महिला कबड्डीमा पदक जित्ने निश्चित भएको छ । अब नेपालले फाइनल प्रवेशका लागि शुक्रबार सेमिफाइनल खेल खेल्नेछ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार