३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न केएससीएलको अन्तर्राष्ट्रिय बोलपत्र

३० हजार मेट्रिक टन युरिया मल खरिद गर्न केएससीएलको अन्तर्राष्ट्रिय बोलपत्र

काठमाडौँ। कृषि सामग्री कम्पनी लिमिटेड (केएससीएल) ले ३० हजार मेट्रिक टन युरिया मल (४६–०–०) खरिद तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ। कम्पनीले बिहीबार सार्वजनिक सूचना जारी गर्दै योग्य अन्तर्राष्ट्रिय आपूर्तिकर्तालाई प्रतिस्पर्धामा सहभागी हुन आह्वान गरेको हो। बोलपत्रअनुसार युरिया मल कोलकाता वा हल्दिया बन्दरगाह हुँदै डीडीपी नेपाल आधारमा विराटनगर, वीरगन्ज र भैरहवास्थित कम्पनीका गोदामसम्म आपूर्ति गर्नुपर्नेछ। अन्तिम गन्तव्यसम्मको बीमा आपूर्तिकर्ताले नै गर्नुपर्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार बोलपत्र कागजात खरिदका लागि ४ लाख रुपैयाँ शुल्क तोकिएको छ भने बोलपत्र जमानतबापत २० हजार अमेरिकी डलर बराबरको रकम बुझाउनुपर्नेछ। बोलपत्रसम्बन्धी पूर्वबोलपत्र बैठक अक्टोबर १६, २०२६ मा दिउँसो २ बजे कम्पनीको कुलेश्वरस्थित प्रधान कार्यालयमा हुनेछ। इच्छुक योग्य बोलपत्रदाताले अक्टोबर २६, २०२६ को दिउँसो १ बजेसम्म बोलपत्र पेस गर्नुपर्नेछ भने सोही दिन दिउँसो २ बजे बोलपत्र खोलिने कम्पनीले जनाएको छ। बोलपत्र पेस गर्दा प्रचलित सार्वजनिक खरिद ऐन तथा नियमावलीअनुसार प्राविधिक र वित्तीय प्रस्ताव छुट्टाछुट्टै सिलबन्दी गरी पेस गर्नुपर्नेछ। बोलपत्रसम्बन्धी थप जानकारी कम्पनीको वेबसाइट तथा प्रधान कार्यालयबाट लिन सकिने जनाइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार