महिला कबड्डीमा नेपाललाई कास्य, सेमिफाइनलमा भारतसँग पराजित

महिला कबड्डीमा नेपाललाई कास्य, सेमिफाइनलमा भारतसँग पराजित

काठमाडौं । २०औं एसियन गेम्सअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा नेपाल भारतसँग ४८–२४ अंकले पराजित भएको छ। जापानको तोकाइ सिटिजन व्यायामशालामा भएको खेलमा भारतले पहिलो हाफमा ३१–१७ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा १७–७ को जित निकाल्दै फाइनलमा स्थान बनायो। भारतसँगको पराजयसँगै नेपालले कास्य पदकमा चित्त बुझाएको छ।

नेपाल गत संस्करणको १९औं एसियन गेम्समा पनि भारतसँग सेमिफाइनलमा पराजित भएको थियो। यसपटक समूह चरणमा नेपालले थाइल्यान्डलाई पराजित गरेको थियो भने चाइनिज ताइपेइसँग हार बेहोरेको थियो। त्यसपछि श्रीलंकालाई हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो। महिला कबड्डीको कास्यसँगै जारी एसियन गेम्समा नेपालको पदक संख्या दुई पुगेको छ। यसअघि पुरुष करातेको ८४ केजी कुमितेमा तेन्जिङ शेर्पाले कास्य पदक जितेका थिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार