अविरल वर्षाले काठमाडौं जोड्ने मुख्य राजमार्ग अवरुद्ध, अत्यावश्यक सामग्रीका लागि त्रिभुवन राजपथ एकतर्फी खुला

अविरल वर्षाले काठमाडौं जोड्ने मुख्य राजमार्ग अवरुद्ध, अत्यावश्यक सामग्रीका लागि त्रिभुवन राजपथ एकतर्फी खुला

अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि काठमाडौं आउजाउ गर्ने प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथ बन्द छन् भने काठमाडौंको लाइफलाइन मानिने त्रिभुवन राजपथ हेटौँडा–नौबिसे–काठमाडौं खण्डमा अत्यावश्यक खाद्यान्न तथा इन्धन ढुवानीका लागि एकतर्फी सञ्चालनमा राखिएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार त्रिभुवन राजपथमा मकवानपुरतर्फबाट काठमाडौं आउने सवारीलाई मात्र अनुमति दिइएको छ। साना सवारीसाधनले भने हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल–फर्पिङ तथा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सक्नेछन्। यद्यपि यी मार्गमा ठूला मालवाहक सवारी सञ्चालन गर्न मिल्दैन। त्यसैगरी साना सवारीका लागि टोखा–छहरे र साँखु हुँदै आउने–जाने मार्ग पनि खुला छन्। लगातार वर्षा भइरहेकाले प्रशासनले अवस्था हेरेर केही वैकल्पिक सडकमा रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउन सक्ने जनाएको छ।

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार