काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले पूर्वाधार विकास मन्त्री सुनील लम्सालसँग भेटवार्ता गरेका छन्।शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्ध, विपद्पछिको पुनर्निर्माण तथा कनेक्टिभिटीलगायतका विषयमा छलफल भएको थियो।
भेटका क्रममा राजदूत माओमिङले चीनले नेपालमा राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा सहयोग पुर्याउँदै आएको बताए। साथै, नेपाल–चीनबीचको सहकार्य र पूर्वाधार विकासका विषयमा समेत छलफल भएको जनाइएको छ।