पर्वत । मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–बागलुङ सडक पहिरोका कारण अवरुद्ध भएको छ। पर्वतको तमादी खोलामा पहिरो खसेपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो। पर्वत जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रवीण भट्टराईका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको छ। यसैगरी, सहस्रधारामा कालीगण्डकी नदीले सडक कटान गर्दा पोखरालाई म्याग्दी र मुस्ताङसँग जोड्ने सडकसमेत अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएपछि उक्त मार्गमा आवतजावत प्रभावित भएको छ।