सुरक्षाको कारण देखाएर पूर्वप्रधानन्यायाधीशलाई प्रहरी कार्यालयमा राख्नु न्यायसङ्गत होइन : जनार्दन शर्मा

सुरक्षाको कारण देखाएर पूर्वप्रधानन्यायाधीशलाई प्रहरी कार्यालयमा राख्नु न्यायसङ्गत होइन : जनार्दन शर्मा

काठमाडौँ । पूर्वगृहमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता जनार्दन शर्माले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सुरक्षाको कारण देखाएर प्रहरी कार्यालयमा राख्नु न्यायसङ्गत नभएको बताएका छन्।सुरक्षा संवेदनशीलता देखिएको अवस्थामा पूर्वपदाधिकारीहरूको सुरक्षाको जिम्मेवारी राज्यको हुने भन्दै शर्माले उनीहरूलाई घरमै सुरक्षा व्यवस्था मिलाउनुपर्ने धारणा राखेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुरक्षा खतरा भएपछि पूर्वप्रधानन्यायाधीशलाई घरमै सुरक्षा दिने राज्यको दायित्व हुने उल्लेख गर्दै सुरक्षाको प्रश्न देखाएर प्रहरी कार्यालयमा लिएर राख्नु कति न्यायसङ्गत होला भन्ने प्रश्न गरेका छन्।समाचारअनुसार पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले मध्यराति महाराजगन्जस्थित उनकै निवासबाट पक्राउ गरेको थियो। शर्माले उक्त घटनाको सन्दर्भमा पूर्वपदाधिकारीको सुरक्षा व्यवस्थापन र पक्राउको औचित्यमाथि प्रश्न उठाएका हुन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार