पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

पाल्पामा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु, दुई जना बेपत्ता

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ भैसेकट्टामा आइतबार बिहान पहिरोले घर तथा गोठ पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। पहिरोमा परी ७५ वर्षीय लिलबहादुर घर्ती मगरको मृत्यु भएको हो। उनको शव फेला परेको सशस्त्र प्रहरीका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। पहिरोमा परी उनका १७ वर्षीया छोरी दिना घर्ती मगर र १५ वर्षीया झरना घर्ती मगर बेपत्ता भएका छन्। बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको डीएसपी थापाले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार