कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे

कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे

काठमाडौं । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्। नेपाल प्रहरीले दिएको जानकारीअनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढेर बस्तीमा पसेको हो। उक्त बस्तीमा करिब ८० घर रहेका थिए। तीमध्ये २५ घर बगेका छन् भने बाँकी घरहरू पनि जोखिममा रहेका प्रहरीले जनाएको छ। घटनामा हालसम्म मानवीय क्षति भएको छैन। बस्तीका सबै स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ। पहिरोका कारण प्रहरी टोली तत्काल घटनास्थल पुग्न नसकेको बताइएको छ। घटनास्थल मिलनचोक प्रहरी चौकी, पर्वतबाट करिब ६ किलोमिटर पूर्वमा पर्छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको नेपाल प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार