लगातारको वर्षाले पारि सुस्ताका विभिन्न टोल डुबानमा, कच्ची घर भत्किए

लगातारको वर्षाले पारि सुस्ताका विभिन्न टोल डुबानमा, कच्ची घर भत्किए

बुटवल । लगातारको वर्षाका कारण नवलपरासी पश्चिमको सुस्ता गाउँपालिका–५ स्थित पारि सुस्ताका विभिन्न टोल डुबानमा परेका छन्। थारु टोल, पहाडी टोल र सैनिक टोललगायत क्षेत्रमा पानी पसेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ। डुबानका कारण केही कच्ची घरसमेत भत्किएका छन् भने स्थानीयलाई सुरक्षित स्थानमा सार्न थालिएको छ।सुस्ता बचाउ अभियानका सहसंयोजक तथा सुस्ता गाउँपालिका–५ का वडा सदस्य आदम खाँका अनुसार थारु टोलबाट बस्तीमा पानी पसेपछि थप क्षति हुने जोखिम बढेको छ। इँटाले बनेका घरमा ठूलो क्षति नभए पनि कच्ची घरहरू भत्किएका छन्। डुबानमा परेका केही स्थानीयलाई आश्रयस्थलमा सारिएको उनले बताए। मानिससँगै बाख्रा, भैँसीलगायत पशुचौपायाको व्यवस्थापनमा समेत समस्या भइरहेको खाँको भनाइ छ।स्थानीय युवा अभियन्ता बाबु खाँका अनुसार पारि सुस्ताको चारैतिर पानी जमेकाले डुबानमा परेका मानिस तथा पशुचौपायालाई सुरक्षित स्थानमा सार्नसमेत कठिनाइ भइरहेको छ। पारि सुस्तामा अझै लगातार वर्षा भइरहेकाले डुबानको जोखिम कायमै रहेको उनले बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार