अछाम । अछाममा अविरल वर्षाका कारण पहलमान सिंहस्वाँर मार्गअन्तर्गत चौरपाटी गाउँपालिका–६, दुनीमा सडक भासिएपछि यातायात सेवा प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख पवीन्द्र बमका अनुसार आज बिहान सडक भासिएपछि उक्त मार्गमा यातायात सञ्चालनमा समस्या आएको हो। भासिएको सडकको मर्मतसम्भार गरी यथाशक्य चाँडो यातायातका साधन सञ्चालनमा ल्याउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको उनले बताए।