घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा

घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले भक्तपुरको सूर्यविनायक नगरपालिका–४ र ५ भएर बग्ने घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन तत्काल रु. दुई करोड निकासा गर्ने घोषणा गरेका छन्।बाढीको जोखिममा रहेका क्षेत्रको निरीक्षण गर्दै मुख्यमन्त्री थापामगरले बस्ती संरक्षणका लागि तत्काल तटबन्ध निर्माण गर्न विपद् कोषबाट उक्त रकम निकासा गर्ने बताएका हुन्। उनले प्रभावित क्षेत्रको संरक्षण र सम्भावित बाढीजन्य क्षति न्यूनीकरणका लागि आवश्यक काम तत्काल अघि बढाइने बताए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार