काठमाडौँ । मनकामना पहुँच मार्गको दोस्रो घुम्तीमुनि पहिरो गएपछि मनकामना जाने सडकमा सवारी आवागमन प्रभावित भएको छ। पहिरोका कारण सवारीसाधनलाई साविकको पार्किङस्थलसम्म पुग्न रोक लगाइएको छ। पूर्वतर्फबाट आउने यात्रुका लागि राजमार्गको देब्रेतर्फ मुग्लिनतर्फ करिब ७० मिटर अगाडि वैकल्पिक पार्किङको व्यवस्था गरिएको छ।वैकल्पिक पार्किङस्थलबाट पैदलमार्ग हुँदै मनकामना जान सकिने व्यवस्था गरिएको छ। मौसम अनुकूल हुनासाथ सडक मर्मत कार्यलाई तीव्रता दिइने जनाइएको छ। सडकमा समस्या भए पनि भक्तजनले मनकामना पुगेर मन्दिर दर्शन गर्न सक्नेछन्।यसैबीच, मनकामना केबलकार सेवा भने सुरक्षित रूपमा सञ्चालनमा रहेको व्यवस्थापनले जनाएको छ। केबलकार सञ्चालनमा रहेकाले सडकमा आएको अवरोधका बाबजुद भक्तजनले मनकामना पुगेर दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ।