बकैया–६ मा जमिन चिराचिरा, १५–१६ परिवार सुरक्षित स्थानमा

बकैया–६ मा जमिन चिराचिरा, १५–१६ परिवार सुरक्षित स्थानमा

काठमाडौं । मकवानपुरको बकैया गाउँपालिका–६ स्थित तल्लो ज्यामिरे बस्तीमा जमिन चिराचिरा परेपछि १५–१६ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । भिरालो सतहमा रहेको बस्तीमा अविरल वर्षापछि जमिन चिराचिरा पर्न थालेपछि जोखिम बढेको भन्दै स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको मकवानपुर प्रहरीले जनाएको छ । लगातारको वर्षाका कारण जमिन गलेर चिराचिरा परेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । बस्तीमा थप जोखिम हुन सक्ने भएकाले घटनास्थलको अवस्था निगरानीमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार