सुनचाँदीको भाउमा पुनः गिरावट, सुन प्रतितोला २ लाख ९४ हजार ३ सय

सुनचाँदीको भाउमा पुनः गिरावट, सुन प्रतितोला २ लाख ९४ हजार ३ सय

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा पुनः गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ५ हजार रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ सय ४५ रुपैयाँले घटेको हो।आइतबार प्रतितोला २ लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन सोमबार ५ हजार रुपैयाँले घटेर प्रतितोला २ लाख ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबारको तुलनामा आइतबार पनि सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको थियो।त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार