• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय वृद्धको मृत्यु

रौतहट । रौतहटको गौर नगरपालिका–९, सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको छ। मंगलबार साँझ करिब ७ः४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ नम्बरको मोटरसाइकलले सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको थियो।दुर्घटनामा गम्भीर घाइते भएका बैठाको वीरगन्जस्थित सर्वोत्तम अस्पतालमा उपचारका क्रममा राति करिब ९ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।दुर्घटनापछि मोटरसाइकल चालक फरार भएका छन्। प्रहरीले चालकको पहिचान पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका–२, हजमिनियामा बस्दै आएका करिब २२ वर्षीय अमित भगतका रूपमा गरेको जनाएको छ। फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।दुर्घटनामा संलग्न मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार