• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

मच्छेगाउँबाट ६५० लिटर घरेलु मदिरासहित दुईजना पक्राउ

मच्छेगाउँबाट ६५० लिटर घरेलु मदिरासहित दुईजना पक्राउ

काठमाडौँ । काठमाडौंको चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँबाट घरेलु मदिरा उत्पादन तथा बिक्री गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका–४ घर भई मच्छेगाउँ बस्दै आएका मदन तामाङ र सोही ठाउँका २३ वर्षीय समीर तामाङ रहेका छन्।प्रहरी वृत्त थानकोट र आन्तरिक राजस्व कार्यालय कलंकीबाट खटिएको संयुक्त टोलीले मच्छेगाउँस्थित एक टहरोमा छापा मार्दा बिक्रीका लागि राखिएको ६५० लिटर घरेलु मदिरा बरामद गरेको हो। टोलीले घरेलु मदिरा बनाउन प्रयोग गरिने करिब ४ हजार लिटर कच्चा झोल पदार्थ तथा मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न भाँडाकुँडा समेत बरामद गरेको छ।सोमबार साँझ पक्राउ परेका दुवैजनामाथि आन्तरिक राजस्व कार्यालय कलंकीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार