• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

मन्त्रिपरिषद् बैठक आज, दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी

मन्त्रिपरिषद् बैठक आज, दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ। बैठकमा बाढीपीडितहरूको पुनर्स्थापना, कर्मचारी बढुवा सिफारिस तथा संघीय निजामती सेवा विधेयकलगायतका विषयमा छलफल गर्ने तयारी गरिएको छ।सरकारले प्रशासन र प्राविधिक दुवै समूहका सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको स्रोतले जनाएको छ। प्रशासनतर्फ बढुवा समितिले आभा श्रेष्ठ कर्ण, चक्रबहादुर बुढा र जयनारायण आचार्यलाई सचिव बढुवाका लागि सिफारिस गरिसकेको छ।त्यस्तै, प्राविधिकतर्फ डा. जगदिश्वर कर्माचार्य, नवीनराज सिंह र मीना श्रेष्ठ सचिव बढुवाका लागि सिफारिस भएका छन्। सरकारले प्रशासन र प्राविधिक दुवै समूहबाट एक–एक जना वरिष्ठ सहसचिवलाई सचिवमा बढुवा गर्ने तयारी गरेको जनाइएको छ। मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने सम्भावना रहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार