काठमाडौँ । नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने भएको छ। बिहान ११ः३० बजे बस्ने बैठकमा मैत्री समूहको प्रभावकारिता, नेपाल–क्यानडा संसदीय सहकार्य तथा द्विपक्षीय हितका विषयमा छलफल हुने समूहका संयोजक कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बैठकमा नेपाल र क्यानडाबीचको संसदीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयका साथै विविध विषयमा समेत छलफल हुने जनाइएको छ।