• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच संवाद

नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच संवाद

काठमाडौँ। नेपाल–चीन सीमा नाकामा वस्तु ढुवानी तथा सर्वसाधारणको आवतजावतमा देखिएका अवरोध (बोटलनेक) हटाउन नेपाल र चीनबीच संवाद सुरु भएको छ। स्थलगत निरीक्षणका क्रममा नेपाली पक्षले नाकामा देखिएका विभिन्न व्यवधानका कारण व्यापारिक गतिविधिमा परेको नकारात्मक प्रभावबारे चिनियाँ टोलीलाई जानकारी गराएको हो।परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले चिनियाँ दूतावासका प्रतिनिधिहरूसँगको छलफलमा सीमा नाकामा देखिएका समस्या तत्काल सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन्। उनले नाकाको वर्तमान अवस्थाबारे चिनियाँ राजदूत तथा सम्बन्धित निकायमा सकारात्मक प्रतिवेदन पेस गर्न आग्रह गर्दै यसबाट दुई देशबीचको व्यापारिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।यसअघि नाकामा रहेका ५७ वटा ढुवानीका साधनहरूको व्यवस्थापनका विषयमा पनि छलफल भएको थियो। स्थानीय भन्सार कार्यालय र चिनियाँ पक्षबीच आवश्यक समन्वय गरी नाका सञ्चालनलाई सहज बनाउन सकिने भन्दै नेपाली अधिकारीहरूले नाका पूर्ण रूपमा खुलाउन विशेष जोड दिएका छन्।दुवै पक्षले सीमा नाकामा देखिएका प्राविधिक तथा प्रशासनिक समस्यालाई आपसी समन्वयमार्फत समाधान गर्ने सहमति जनाएका छन्। नाका सञ्चालन सहज भएसँगै दुई देशबीचको व्यापार तथा आवतजावतमा देखिएका समस्या कम हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार