• २०८३ असोज १३ गते मङ्गलवार
  • Preeti To Unicode

पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेको होइन, ‘रेस्क्यु’ गरेको सरकारको दाबी

पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले पक्राउ गरेको होइन, ‘रेस्क्यु’ गरेको सरकारको दाबी

काठमाडौँ । शिक्षामन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्रहरीले पक्राउ नगरेको दाबी गरेका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले जबरालाई ‘रेस्क्यु’ गरी सुरक्षित स्थानमा लगिएको बताएका हुन्। उनका अनुसार जबराको परिवारले सुरक्षाको माग गर्दै प्रहरी कार्यालयमा निवेदन दिएको थियो। सुरुमै सुरक्षा थ्रेट आएको भन्दै उनलाई सुरक्षित स्थानमा लगिएको र उक्त खतरा जेनजीबाट नभई अपरिचित समूहबाट आएको मन्त्री पोखरेलको दाबी छ। उनले यस विषयमा आवश्यक सबै कुरा स्पष्ट भइसकेको समेत बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार