राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन

राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको निधन

काठमाडौँ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्रीको बुधबार बिहान निधन भएको छ। लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित क्षेत्रीको अर्घाखाँचीको सन्धिखर्कस्थित आफ्नै घरमा बिहान ७ बजे निधन भएको पार्टीका महासचिव मनोज भट्टले जानकारी दिए।क्षेत्रीको विगत दुई वर्षदेखि काठमाडौंस्थित सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा उपचार भइरहेको थियो। क्यान्सर अन्तिम चरणमा पुगेपछि चिकित्सकको सल्लाहअनुसार उनलाई एक साताअघि सन्धिखर्क नगरपालिका–१० स्थित घर लगिएको थियो।२०३८ सालदेखि वामपन्थी आन्दोलनमा सक्रिय क्षेत्री २०७६ सालमा सम्पन्न राष्ट्रिय जनमोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनबाट पार्टीको केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएका थिए। उनका श्रीमती र दुई छोरा छन्।क्षेत्रीको अन्तिम बिदाइका लागि राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष रश्मिराज नेपाली अर्घाखाँची जाने महासचिव भट्टले बताएका छन्।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार