निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

निर्वाचन आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष

काठमाडौँ । निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरेको छ। प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले बुधबार राष्ट्रपति पौडेलसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार नेपालको संविधानको धारा २९४ बमोजिम प्रमुख निर्वाचन आयुक्त कार्कीले आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस गरेका हुन्। उक्त अवसरमा आयोगका वार्षिक गतिविधि तथा कार्यसम्बन्धी विवरण समेटिएको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार