काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौँको भृकुटीमण्डपस्थित खुलामञ्चमा जारी बन्दसत्र करिब एक घण्टाको विश्रामपछि पुनः सुरु भएको छ। सोमबार जारी बन्दसत्रमा उपसभापति विश्वप्रकाश शर्माले समसामयिक प्रस्ताव प्रस्तुत गरिरहेका छन्। यसअघि सभापति गगन थापाले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। उक्त राजनीतिक प्रतिवेदनमा पार्टीको आन्तरिक संगठन तथा सार्वजनिक जीवनमा व्यापक सुधार ल्याउने उद्देश्यसहित ‘के गर्नेछौँ र के गर्नेछैनौँ’ भन्ने विषयमा १७ वटा स्पष्ट क्षेत्र तोकेर नयाँ राजनीतिक मर्यादा सार्वजनिक गरिएको छ। सो मर्यादाले विगतका गलत राजनीतिक अभ्यास त्याग्दै पार्टीलाई नागरिकप्रति पूर्ण रूपमा जवाफदेही, पारदर्शी तथा लोकतान्त्रिक मूल्यमान्यतामा अडिग राख्ने उद्देश्य लिएको बताइएको छ।