काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीको आगामी १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। रिजालले मंगलबार बिहान आगामी महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने निर्णय गरेको जानकारी दिएका हुन्। उनी १४औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार थिए। पूर्वमन्त्रीसमेत रहेका रिजाल पटकपटक प्रतिनिधिसभा सदस्य निर्वाचित भइसकेका नेता हुन्।