काठमाडौं । नेपाली कांग्रेसकी नेतृ महालक्ष्मी उपाध्याय ‘डिना’ले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर उनले महिला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएकी हुन्। उपाध्यायको उम्मेदवारीसँगै कांग्रेसको महिला समूहबाट महामन्त्री पदमा हुने प्रतिस्पर्धा थप रोचक बनेको छ।