विराटनगर । झापाको बिर्तामोड नगरपालिकास्थित भद्रपुर लाइनमा भएको आगलागीबाट करिब पाँच घरमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवालेका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। उनका अनुसार आगलागीबाट चार–पाँच घरमा क्षति पुगेको प्रारम्भिक जानकारी आएको छ। आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। डीएसपी अवालेका अनुसार भद्रपुर लाइनमा रहेको एक फर्निचर उद्योगबाट आगलागी सुरु भएको हो। प्रहरीले घटनाबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।