नेपाली कांग्रेस महाधिवेशनमा आज मतदान, दिउँसो १ बजेदेखि सुरु हुने

नेपाली कांग्रेस महाधिवेशनमा आज मतदान, दिउँसो १ बजेदेखि सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेसको जारी महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ। बिहान १० बजेदेखि मतदान सुरु गर्ने तयारी गरिए पनि निर्वाचनको आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्मका लागि सारिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्।

महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान गर्नेछन्। सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका नेताहरूको अन्तिम नामावली निर्वाचन समितिले बुधबार साँझ सार्वजनिक गरिसकेको छ। आज हुने मतदानबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयन हुनेछ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार