• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

नेकपाले पुस ११ देखि वडा र माघ १५ देखि पालिकास्तरीय अधिवेशन गर्ने

नेकपाले पुस ११ देखि वडा र माघ १५ देखि पालिकास्तरीय अधिवेशन गर्ने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी पुस ११ गतेदेखि वडा र माघ १५ गतेदेखि पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको छ। शुक्रबार पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठकले देशभर एकै दिन वडा र पालिकास्तरीय अधिवेशन गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार पुस ११ गते देशभरका सबै वडामा एकैसाथ अधिवेशन आयोजना गरिनेछ भने माघ १५ गते महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिकासहित सबै पालिकामा अधिवेशन हुनेछ। बैठकले स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला अधिवेशन, प्रदेश अधिवेशन र राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णयसमेत गरेको प्रवक्ता ज्वालाले जानकारी दिए।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार