• २०८३ असोज २३ गते शुक्रवार
  • Preeti To Unicode

कांग्रेसको नेतृत्व चयनका लागि ४ हजार ५७५ मत खस्यो, मतदानको समय दुई घण्टा थपियो

कांग्रेसको नेतृत्व चयनका लागि ४ हजार ५७५ मत खस्यो, मतदानको समय दुई घण्टा थपियो

काठमाडौँ। नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानमा शुक्रबार अपराह्न ४:३० बजेसम्म ४ हजार ५७५ मत खसेको छ। यसअघि साँझ ५ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर साँझ ७ बजेसम्म पुर्‍याइएको छ।

प्राप्त विवरणअनुसार बागमती प्रदेशमा १ हजार ६३, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ। त्यस्तै, कर्णाली प्रदेश तथा जनसम्पर्क समितिबाट ४९१ र सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको छ। कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ। सबै प्रदेश तथा समूहको मत जोड्दा कुल ४ हजार ५७५ मत खसेको हो।

गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्ने भए पनि हालसम्म ६५१ मत मात्र खसेको विवरण प्राप्त भएको छ। मतदानको समय थपिएसँगै मतदान गर्न बाँकी रहेका प्रतिनिधिहरूले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने भएका छन्। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि काठमाडौँस्थित राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार