• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

धनुषाका २३३ स्ववासी परिवारले पाए ११ वर्षपछि लालपुर्जा

धनुषाका २३३ स्ववासी परिवारले पाए ११ वर्षपछि लालपुर्जा

धनुषा । धनुषाको धनौजी गाउँपालिका–३ (साविक झोझी कटैया गाविसका वडा नं. १ देखि ९ सम्म) का २३३ स्ववासी परिवारले नापजाँच सम्पन्न भएको करिब ११ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। सन् २०७२ सालमै नापजाँच सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लालपुर्जा वितरण हुन सकेको थिएन। लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढाउँदै नापी कार्यालय धनौजीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी २३३ थान जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो। लालपुर्जा प्राप्त भएसँगै स्ववासीका रूपमा बसोबास गर्दै आएका परिवारको जग्गामाथिको कानुनी स्वामित्व स्थापित भएको छ। यसबाट स्थानीय बासिन्दालाई जग्गाको स्वामित्व प्रमाणित गर्न, भूमिसम्बन्धी विवाद समाधान गर्न तथा बैंक तथा वित्तीय संस्थामा जग्गा धितो राखेर ऋण लिन सहज हुने अपेक्षा गरिएको छ। लामो समयपछि लालपुर्जा प्राप्त भएपछि स्थानीय परिवारले जग्गाको स्वामित्वसँगै कानुनी सुरक्षा र आर्थिक अवसरसमेत प्राप्त गर्ने बाटो खुलेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार