• २०८३ कार्तिक १२ गते बुधवार
  • Preeti To Unicode

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सम्पूर्ण मतगणना शुक्रबार बिहान सम्पन्न भएको छ। असोज २३ गतेदेखि सुरु भएको मतगणना मधेश र बागमती प्रदेशको अन्तिम परिणाम आएसँगै सकिएको हो। निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार यसपटक ७ हजार ३९२ मतदाताको झण्डै १ लाख ६२ हजार मतपत्र गणना गरिएको थियो। २२९ पदका लागि ७७ प्रकारका पदमा निर्वाचन भएको र प्रत्येक मतदाताले २३ वटा मतपत्रमा मतदान गरेको उनले बताए। अघिल्लो १४औँ महाधिवेशनमा ४ हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेकोमा यसपटक झण्डै एक सातामै सम्पन्न भएको हो। दिनरात गरी करिब २५ समूह बनाएर मतगणना गरिएको र निर्वाचनका क्रममा कुनै विवाद नभएको समितिले जनाएको छ। सबै मतपरिणाम रुजु गरेपछि सार्वजनिक गरिनेछ भने नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूको प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दशैँलगत्तै गर्ने तयारी छ। त्यसपछि बस्ने नयाँ कार्यसमितिको पहिलो बैठकमा स्थानीय तहको निर्वाचनको रणनीति तथा खाका तयार गर्ने विषयमा समेत छलफल हुने बताइएको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार