• २०८३ कार्तिक १३ गते बिहिवार
  • Preeti To Unicode

सिरहामा हवाई फायर गरेर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ, ३०० ग्राम हेरोइन बरामद

सिरहामा हवाई फायर गरेर दुई भारतीय लागुऔषध कारोबारी पक्राउ, ३०० ग्राम हेरोइन बरामद

काठमाडौं । सिरहाको मार्डरमा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।लागुऔषध नियन्त्रण ब्युरोका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद गरिएको छ।

बिहीबार बिहान गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि उनीहरू भाग्न खोजेका थिए। त्यसपछि प्रहरीले एक राउन्ड हवाई फायर गरी दुवै जनालाई नियन्त्रणमा लिएको ब्युरोले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार