• २०८१ मङ्सिर १९ गते बुधवार
  • Preeti To Unicode

अख्तियारका आयुक्त र कर्मचारीद्वारा दैवी प्रकोप उद्धार कोषमा सहयोग


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त, आयुक्त र कर्मचारीहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएका छन् ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार आयोगका प्रमुख आयुक्तआयुक्तले सात दिन, सचिवको पाँच दिन, सहसचिव र उपसचिवस्तरका कर्मचारीहरुको तीन दिन, शाखा अधिकृत वा सो सरहका कर्मचारीहको दुई दिन र अन्य कर्मचारीहरुको एक दिनको तलब बरबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार