उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहको आक्रमणः चार इजरायली सेनाको मृत्यु


काठमाडौं । उत्तरी इजरायलको केन्द्रमा हिजबुल्लाहले गरेको आक्रमणमा चार जना इजरायली सेना मारिनुको साथै ५० भन्दा बढी घाइते भएका छन्। गत अक्टोबरमा युद्ध सुरु भए यता इजरायलमाथि भएको यो ठुलो आक्रमण हो।

इजरायली डिफेन्स फोर्स ९इडिएफ०ले जनाए अनुसार लेबनान सीमाको ४० माइल पर रहेको सैन्य शिविरमा सो आक्रमण भएको थियो। घटनामा ७ सैनिक भने गम्भीर घाइते भएका छन्।

बिहीबार इजरायलले लेबनानको विभिन्न भागमा गरेको आक्रमणका कारण २२ जनाको ज्यान जानुको साथै ११७ जना घाइते भएका थिए।

अहिले मध्यपूर्वमा अन्तर्राष्ट्रिय निकायसँग पनि इजरायलको तनाव बढी रहेको छ। युनिफिलका ५ जना घाइते भएपछि लेबनानमा रहेको राष्ट्र सङ्घीय पिस किपिङ कोर्सले पनि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई लेबनान छाड्न भनेको हो।

प्रकाशित मिति : २०८१ असोज २८ गते सोमवार