काठमाडौं । ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन ४६ औं वल्र्ड कांगे्रसको इलेक्टोरल बैठकले नेपालका अजय कुमार राईलाई विश्व कार्य समिति सदस्य पदमा पुनः निर्वाचित गरेको छ ।अक्टोबर १३ बाट शुरु भएको ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन बेलायतको बैठकले राईलाई आगामी पाँच वर्ष अर्थात सन २०२९ सम्मका लागि निर्वाचित गरेको हो । विश्व स्तरमा यातायाततर्फको टे«ड युनियन क्षेत्रमा क्रियाशील १२८ वर्ष पुरानो उक्त संस्थाले नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव राईलाई पुनः निर्वाचित गरेको हो ।
फेडेरेशनको सन् २०१८ मा सिंगापुरमा सम्पन्न वल्र्ड कांगे्रसमा पहिलो पटक नेपालबाट राई नै विश्व कार्य समिति सदस्यमा निर्वाचित भएका थिए । लण्डनमा मुख्यालय रहेको फेडेरेशनको १४९ देशमा सन्जाल छ । करिब दुई करोड सदस्य रहेको फेडेरेशनले नागरिक उडडयन, पानी जहाज, रेल्वे, सडक, बन्दरगाह, पर्यटन, शहरी यातायात गरि नौं क्षेत्रका श्रमीकहरु समावेश छन् ।
विश्वभरका ७५० भन्दा बढी श्रमिक संगठनहरु यस फेडेरेशनसंग आबद्ध रहेका छन् । फेडेरेशनले यातायात क्षेत्रका श्रमिकहरुको लागि विश्वस्तरमा अन्र्तराष्ट्रिय श्रमिक संगठन , आईकाओ जस्ता संस्थाहरुसंग सहकार्य गर्दै अन्र्तराष्ट्रिय कानुन बनाउने ,श्रमिक हक अधिकारका लागि गतिविधी हरुसन्चालनगर्दै यातायात श्रमिक संगठनहरुलाई सशक्त बनाउने काम गर्दै आएको छ ।
निर्वाचित राई करिब ३२ वर्षदेखि नेपालको श्रमिक आन्दोलनमा क्रियाशील छन् । नेपालका श्रमिकहरुको मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउँदै आएका उनी नेपाल यातायात मजदुर संघका प्रमुख सल्लाहकार समेत हुन् ।
।
अनौपचारिक क्षेत्रको श्रमिक युनियन नेपाल यातायात मजदुर संघको तीन कार्यकाल अर्थात १५ वर्ष अध्यक्ष रही राईले सो युनियनको नेतृत्व गरिसकेका छन् । अनौपचारिक क्षेत्रबाट आफ्नो ट्रेड युनियन राजनीति शुरु गरेका राईले पटक पटक विश्वस्तरमा पाइला राख्नु नेपाली श्रमिक आन्दोलनको उपलव्धीबम रुपकम लिनुपर्ने नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले प्रतिक्रिया दिए ।
विश्वभरबाट करिब दुई हजार श्रमिक नेताहरु समावेश रहेको अक्टोबर १३ बाट शुरु भएको प्रत्येक पाँच वर्षमा हुने ४६औं वल्र्ड कांगे्रसको समापन भने अक्टोबर १९ मा हुनेछ । त्यस्तै आगामी पाँच वर्षका लागि ब्रिटिस मूलका स्टिफन कटन तेस्रो अवधीका लागि महासचिवमा सर्वसम्मत निर्वाचित भएका छन भने निर्वाचित विश्व कार्य समिति सदस्यहरुले अक्टोबर १९ मा अध्यक्षको चयन गर्नेछन ।