नारायणगढ–मुग्लिन सडकमा दुर्घटनाः ४ जनाको मृत्यु, ६ घाइते


काठमाडौं । आज बिहान नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ३ः०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २३ गते शुक्रवार