• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

आजको फलफूल तथा तरकारीको बजार मूल्य, गोलभेडाको भाउ १२२ रुपैयाँ 


काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारको मूल्य प्रकाशित गरेको छ । जसअनुसार आज सखरखण्डको भाउ प्रतिकेजी ५५ रुपैयाँले बढेर १४० रुपैयाँ पुगेको छ भने पिंडालूको भाउ ३५ रुपैयाँले बढेको छ । हरिबोधनी एकादशी भोलि मङ्गलबार भएका कारण बजारमा माग बढेसँगै सखरखण्ड र पिंडालूको भाउ बढेको हो ।  आज पिंडालू प्रतिकेजी ११० रुपैयाँ पुगेको छ ।

यता, तरकारीहरूमा भिण्डीको भाउ प्रतिकेजी १० रुपैयाँले बढेर ९५ रुपैयाँ, बरेला ४५ रुपैयाँ पुगेको छ । आज टनेल गोलभेडाको भाउ प्रतिकेजी १२२ रुपैयाँ कायम भएको छ भने रातो आलु ७७ रुपैयाँ ६७ पैसा, सेतो आलु ६१ रुपैयाँ ६७ पैसा, लोकल गाजर १५५ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तराई बन्दा ५५ रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २६ गते सोमवार