• २०८१ मङ्सिर १० गते सोमवार
  • Preeti To Unicode

वर्ल्डलिंकले दूरसञ्चार प्राधिकरणलाई  एकमुष्ट बुझायो सवा २ अर्ब


काठमाडौं । वर्ल्डलिंकले राजस्व र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) वापतको एकमुष्ट सवा दुई अर्ब रकम बुझाएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणलाई रोयल्टी र आरटीडीएफ वापतको २ अर्ब १५ करोड १४ लाख ७ हजार ५५२ रुपैयाँ बुझाएको हो ।

वर्ल्डलिंकले प्राधिरकणलाई बुझाउनुपर्ने बक्यौता वापत १ अर्ब ३८ करोड ९० लाख रोयल्टी र ७६ करोड २३ लाख ९५ हजार रुपैयाँ आरटीडीएफ वापतको पैसा बुझाएको छ ।

योसँगै अब कम्पनीको इजाजतपत्र (लाइसेन्स) नविकरणसहितको काम हुनेछ । योसँगै अब ६ महिनापछि कम्पनीको लाइसेन्स नविकरण हुने भएको हो । कम्पनीको लाइसेन्सको अवधिमा गत बैशाखामा सकिएको थियो ।

वर्ल्डलिंकले रोयल्टी र आरटीडीएफको रकम नबुझाएको र बुझाउन नपर्ने तर्क गर्दै सर्वोच्च अदालतमा दायर भएको थियो । सो रिट गत वैशाख ३० मा खारेज भएको थियो ।

तर, सर्वोच्च अदालतले गत कात्तिक १३ गते मंगलबार राजस्व र आरटीडीएफको रकम तिर्नु पर्नेसहिको पूर्णपाठ सार्वजनिक गरेको थियो । त्यसपछि नै वर्ल्डलिंकले राजस्व र आरटीडीएफ वापतको रकम बुझाएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १ गते शनिवार