• २०८१ मङ्सिर १८ गते मङ्गलवार
  • Preeti To Unicode

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य 


काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ। यसैगरी आलु  रातोको ७०, आलु सेतोको ५५, लोकल बन्दाको मुल्य ७०,काउली स्थानीयको १०० रुपैयाँ कायम भएको  छ ।

यसैगरी च्याउ कन्य २००,च्याउ डल्ले ३००,भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ४० रुपैयाँ कायम भएको छ । रायो सागको मूल्य ४० रुपैयाँ  छ । तोरिको साग ५० ,पालूगो साग ९० र चमसुरको साग १००, स्कूसको मूल्य १५ रुपैयाँ रहेको छ ।

त्यस्तै,लोकल गाजर १४० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ७० रुपैयाँ, मटरकोशा १२० रुपैयाँ, राजमा घिउ सिमी १०० रुपैयाँ,लौका ९०, घिरौला ८० रुपैयाँ र लोकल परवर ७५ रुपैयाँ रहेको छ । त्यस्तै, अनारको ३८० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली ९० ,केरा १५०,स्याउ फूजी २८० रहेको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर ४ गते मङ्गलवार