• २०८३ बैशाख ४ गते शुक्रवार
  • Preeti To Unicode

राष्ट्रिय गौरवका आयोजनाको अवस्था विषयबारे प्रधानमन्त्रीको चासो, ब्रिफिङ आज


काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाको अवस्था विषयबारे चासो राखेका छन् । आज आयोजनाको पछिल्लो प्रगति र समस्याका विषयमा ब्रिफिङको कार्यक्रम राखिएका छन् ।

दिउँसो तीन बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा राष्ट्रिय गौरवका आयोजनाको अवस्थाकाबारे ब्रिफिङ कार्यक्रम राखिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सरकारको १५औं आवधिक राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य योजना ८२ प्रतिशत असफल भएको छ । १५औं योजना २०७६/७७–२०८०/८१ भित्र १७ राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य लिएका थिए । त्यसमा तीन आयोजना मात्र सम्पन्न भए । यो लक्ष्यको १८ प्रतिशत मात्रै हो ।

राष्ट्रिय गौरवका आयोजनामध्ये पश्चिम सेती र सेती नदी -६ (एसआर-६) जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मस्यौदा भारतीय कम्पनी एनएचपिसी लिमिटेडले लगानी बोर्डलाई भने बुझाएको छ । काठमाडौं मेट्रो र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम नै सुरु भएको छैन ।

प्रकाशित मिति : २०८१ मङ्सिर ९ गते आइतवार