• २०८१ मङ्सिर २० गते बिहिवार
  • Preeti To Unicode

धम्की पछि ‘१२ वी फेल’ का अभिनेता बिक्रान्त मेसीले लिए सन्यास


काठमाडौं ।  ‘१२ वी फेल’ र ‘द साबरमती’ जस्ता चलचित्रबाट आफ्नो पहिचान बनाएका अभिनेता विक्रान्त मेसीले अचानक अभिनयबाट ब्रेक लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल पोस्टमार्फत सो जानकारी दिएका हुन् । यो खबर बाहिर आएसँगै विक्रान्तका फ्यानहरु स्तब्ध र निराश बनेका छन् । कतिपयले उनी अभिनयबाट सधैं टाढै बसेको विश्वास गर्छन् भने कतिपयले ठीक समयमा पुनरागमन गर्ने बताएका छन् ।

विक्रान्तले आफ्नो पोस्टमा लेखेका छन्, ‘नमस्कार, पछिल्ला केही वर्ष र त्यसपछिका वर्षहरू अद्भुत छन्। तपाईको निरन्तर सहयोगको लागि म तपाईहरू सबैलाई धन्यवाद दिन्छु, तर म अगाडि बढ्दै जाँदा, मैले महसुस गरेको छु कि यो आफैलाई पुनः सन्तुलन र घर फर्कने समय हो। पति, बुबा, छोरा र अभिनेताको रूपमा पनि २०२५ मा हामी एकअर्कालाई अन्तिम पटक भेट्नेछौं।’

विक्रान्तको यो घोषणालाई लिएर चलचित्र उद्योगबाट धेरै प्रतिक्रिया आइरहेका छन् । उनीसँगै फिल्म ‘१२ वी फेल’ मा देखिएकी अभिनेत्री मेधा शंकरले आश्चर्य व्यक्त गरेकी छिन्, ‘के रुअभिनेत्री आकांक्षा रञ्जन कपुरले पनि आश्चर्य व्यक्त गरेकी छिन् । उनले कमेन्ट गर्दै लेखे, ‘के रुरुरु सोनु, होइन, तपाईं बाँकी रहेका केही कलाकारहरू मध्ये एक हुनुहुन्छ, जो वास्तविक छन्।’

साबरमती रिपोर्टका क्रममा विक्रान्तलाई धम्की आएको थियो । ब्रेक लिनु अघि विक्रान्तको अन्तिम फिल्म ‘द साबरमती रिपोर्ट’ हो, जुन १५ नोभेम्बरमा रिलिज भएको थियो। यो फिल्म गोधरा घटना र त्यसपछिको गुजरात दंगामा आधारित छ। ट्रेलर रिलिज भएसँगै फिल्म विवादमा परेको थियो । चलचित्रका मुख्य कलाकार विक्रान्त मेसीलाई धम्की आएको थियो । विक्रान्त आफैंले बिभिन्न मिडियामा दिएको अन्तर्वार्तामा यसको खुलासा गरेका थिए । विक्रान्तले आफ्ना विरोधीहरूले आफ्नो ९ महिनाको बच्चालाई पनि नछोड्ने र उनीबारे अश्लील कुरा गरेको बताएका थिए । धेरैले यो घटनासँग जोडेर उनले अभिनयवाट सन्यास लिएको अनुमान गरिरहेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार