• २०८२ मङ्सिर २३ गते सोमवार
  • Preeti To Unicode

 रविलाई सरकारले अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गर्यो : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सरकारले अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेको प्रतिक्रिया दिएका छन् ।लामिछानेलाई पोखराबाट काठमाडौँ विमानस्थल हुँदै सोमबार पर्सा पठाउन लागिएको बेला प्रचण्डको यस्तो प्रतिक्रिया आएको हो ।

अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मारवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपुर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु,’ प्रचण्डले फेसबुकमा लेखेका छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २४ गते सोमवार